डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

बागमती प्रदेशमा पुस २५ गतेभित्र मुख्यमन्त्रीको दाबी पेस गर्न आव्हान

​​​​​​​हेटौँडा । बागमती प्रदेश सरकार गठनको लागि आह्वान भएको छ । 

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको हो ।  

प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आह्वान गर्नुभएको हो । 

प्रदेश प्रमुख शर्माले कुनै पनि दलले बहुमत नपाएका कारण धारा १६८ को उपधारा(२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरूसँगको सहकार्यमा सरकार गठनका लागि आह्वान गर्नुभएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता प्रकाश चापागाईँद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ  ।

प्रदेश प्रमुखबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि पुस २५ गते ४ः०० बजेभित्र दाबी पेस गर्न आव्हान गरिएको प्रदेश प्रमुख कार्यालयद्वारा जारी  विज्ञप्तिमा जनाइएको छ   । 

निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको मितिले ३५ दिनभित्र सरकार गठन गरिसक्नुपर्ने संवैधानिक प्रावधान छ  ।

प्रकाशित मिति : २१ पुस २०७९, बिहिबार  ११ : ४६ बजे