राष्ट्रपति भवनमा घटस्थापना

ट्र्याक्टरबाट खसेर सहचालकको मृत्यु

रामपुर (पाल्पा) । पाल्पाको पूर्व खोला गाउँपालिका–३ कमेरेमा ट्र्याक्टरबाट खसेर सहचालकको मृत्यु भएको छ ।

बुधवार साँझ निस्दी गाउँपालिकाबाट पूर्व खोला जाँदै गरेको लु३त ६२५९ नम्बरको ट्र्याक्टरबाट खसेर पूर्व खोला–३ भालकुनका २८ वर्षीय सेते सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

ट्र्याक्टरको ट्रलीमा सवार सारूलाई एक्कासि सडकमा खस्दा सोही ट्र्याक्टरको बायाँतर्फको टायरले किचेर बुधवार साँझ ८ः३० बजे भएको दुर्घटनामा सारुको घटनास्थलमा नै मृत्यु भएको हो । 

ट्र्याक्टर र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।  

प्रकाशित मिति : २१ पुस २०७९, बिहिबार  ८ : १२ बजे