डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

सरकारको न्यूनतम साझा कार्यक्रमलाई आज अन्तिम रूप दिने सत्ता गठबन्धनको तयारी

काठमाडौँ । सत्ता गठबन्धनले आज सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदालाई अन्तिम रूप दिने तयारी गरेको छ । 

गठबन्धनको बुधवार बसेको बैठकले न्यूनतम साझा कार्यक्रम आज टुङ्गो लगाउने निर्णय गरेको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहलाई चुस्त बनाउने विषयलाई प्राथमिकता दिएर न्यूनतम साझा कार्यक्रमलाई आजसम्म अन्तिम रूप दिने सहमति भएको थियो ।

त्यस्तै, गठबन्धनले छट्टै केन्द्रदेखि प्रदेशसम्मको भागबन्डाको टुङ्गो पनि लगाउने पनि तयारी गरिरहेको छ ।

 

 

प्रकाशित मिति : २१ पुस २०७९, बिहिबार  ८ : ०२ बजे