राष्ट्रपति भवनमा घटस्थापना

आफ्नै सासुको हत्या गरेको अभियोगमा बुहारी पक्राउ

सिरहा – आफ्नै सासु ७२ वर्षीया दरपी कोईरीको हत्या गरेको अभियोगमा उनकै बुहारी धनगढीमाई नगरपालिका(६ मोतियाही टोल बस्ने ४२ वर्षीया चन्दा देवी महतोलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

चन्दा देवीले बाँसको भाटा प्रहार गर्दा दरपीको घट्नास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  ६ : ४९ बजे