‘एउटै नाउरको सिकार गर्न २३ लाख’

देउवा र प्रचण्डको यसरी टुट्यो जोडी

पाँच दलीय गठबन्धन टुटेसँगै यस पटक बालकोटको बार्दली एकाएक चर्चामा आयो । जब बालकोटको बार्दलीमा एमाले अध्यक्ष ओली र प्रचण्ड एक साथ देखिए,तब कांग्रेस सभापति शेरबहादुर  देउवा नराम्रोसँग झस्किए । हातमा आएको सत्ता देउवाले एक झड्कामा गुमाउन पुगे ।  पार्टीको संसदीय दलको निर्वाचनमा सानदार चुनिएर छैटौं पटकको प्रधानमन्त्रीका लागि खुट्टा उचालेका देउवा माओवादी अध्यक्ष प्रचण्डले कोल्टे फेरेपछि नराम्रो सँग पल्टिए । एमाले अध्यक्ष ओलीसँग एक प्रकारले पानी बाराबारको अवस्थामा रहेका प्रचण्ड बालकोटको बार्दलीमा ओलीसँगै हात हल्लाएको दृश्य देखेर देउवा तीन छक्क परे ।  त्यो दृश्य देखेपछि उनले कम्युनिष्टहरुको अब आफूले कहिले विश्वास नगर्ने भन्न थाले रे ।    त्यसो त, प्रचण्ड र शेरबहादुर देउवाको जोडीले वाम लोकतान्त्रिक गठबन्धन  लामो समयसम्म अघि बढ्ने बताउँदै आएका थिए । निर्वाचनमा अपेक्षा गरे जस्तो परिणाम नआए पनि प्रचण्डले गठबन्धनको औचित्य अझै बढेर गएको प्रधानमन्त्री हुने दिन सम्म बताइरहेका थिए ।  

उता, गठबन्धनका प्रमुख नायक देउवाले  गठबन्धन जोगाएर लानु नै आफ्नो मूल काम हो भन्दै आएका थिए । यस अघिको निर्वाचनमा तेस्रो भएको कांग्रेस गठबन्धनकै कारण पहिलो भएकाले पनि देउवा हौसिनु स्वाभाविक थियो । तर, माओवादी जो निर्वाचनमा अनुमान गरे भन्दा पनि बढी खुम्चिएको थियो ।  त्यसका नेता प्रचण्डले बरोबर गठबन्धनको औचित्य अझै आवश्यक रहेको भन्नु चाही बुझ्न नसक्ने विषय बन्न पुगेको थियो । प्रचण्डले अरू केही होइन, एक मात्रै प्रधानमन्त्री बन्ने आशाका साथ गठबन्धनको रट लगाइरहेका थिए । जसरी पनि प्रधानमन्त्री बन्नकै लागि उनले लामो समयदेखि कांग्रेसलाई बोक्दै आएका थिए । उनको अर्थात् प्रचण्डको एक मात्रै लक्ष्य यस पटक प्रधानमन्त्री बन्नु नै थियो । प्रधानमन्त्री बन्नका लागि प्रचण्ड जे पनि गर्न तयार हुन्छ भन्ने कुरा देउवाले बुझ्न नसक्नु नै देउवाको ठुलो कमजोरी रह्यो ।

 प्रधानमन्त्री बन्न खुट्टा उचालेर बसेका प्रचण्डलाई देउवाले पटक–पटक बालुवाटार बोलाउँदै रित्तो हात फर्काएको मन परिरहेको थिएन । बालुवाटारमा सत्ताको भागबन्डा गर्न आएका प्रचण्डलाई देउवाले भोलि–पर्सि भन्दै फर्काएकोमा उनले अपमानित महसुस गरिरहेका थिए । तैपनि प्रचण्डले जसरी पनि प्रधानमन्त्री बन्ने आफ्नो भित्रैदेखि जागेको रहरलाई जगाइरहे । देउवाबाट जसरी पनि प्रधानमन्त्री पद फुत्काउने योजनामा उनी लागि  नै रहे । उता, देउवा प्रधानमन्त्री फेरी पनि हुने योजनामा रहेका थिए । कसैगरी पनि प्रधानमन्त्री पद प्रचण्डलाई पहिलो खेपमा नदिने योजना देउवाले मात्रै होइन, उनका नजिकका सहयोगीले पनि चाहेका थिएनन् । देउवाका नजिकका सहयोगीहरूले प्रधानमन्त्री पद कसैगरी नछाड्न देउवालाई एक प्रकारको दबाब नै दिएका थिए । कांग्रेसले प्रधानमन्त्री पद कसैगरी पनि छाड्न हुँदैन भन्ने माहौल निर्माण गर्न प्रधानमन्त्री पत्नी आरजु राणा अनेकौँ प्रकारका खेलको मञ्चन नै गर्दै आएकी थिएन । एक त देउवा आफै पनि कसैगरी प्रधानमन्त्री पद छाड्न चाहँदैन थिए भने, त्यसमा पनि उनलाई प्रधानमन्त्री नछाड्न लागि दबाब त्यति नै बढी थियो । 

निर्वाचनमा कांग्रेस पहिलो पार्टी बनेपछि देउवा उत्साही देखिएका थिए । तेस्रो पार्टीबाट कांग्रेसलाई पहिलो पार्टी सभापति देउवाकै कारण बनेको हो भनेर दिनरात बालुवाटारमा उनलाई फुर्काउने जमातको पनि कमी थिएन । त्यसले पनि उनलाई प्रधानमन्त्री आफै बन्ने कुराको मनोविज्ञानले उनको दिल दिमागमा घर गरेको थियो । त्यसैले उनले आफ्नो बारेमा मात्रै सोचिरहे । उनले आफ्नो भविष्य बाहेक कांग्रेसको अर्थात् पार्टीको भविष्यका बारेमा सोच्दै सोचेनन् । उनी छैटौं पटक प्रधानमन्त्री हुने सपनामा यसरी आँखा चिम्लिएर रमाए, दायाँ–बायाँ केही हेरनन्  । केही देखेनन् । आफूले प्रधानमन्त्रीको पदमा आँखा गाडिरहँदा अस्थिर प्रचण्डले अर्के खेल खेल्न वेर लाउँदैनन्, भन्ने कुराको देउवाले आशङ्का समेत गरेनन्  त्यसो त देउवाले प्रधानमन्त्री अरू कसैलाई  बनाउनका लागि गठबन्धन गरेको पनि होइन । देउवा आफै प्रधानमन्त्री हुनका लागि यो गठबन्धन गरेका हुन । 

ज्योतिषीले सातौँ पटक प्रधानमन्त्री हुन्छ भनेको छ किन मैले छाड्ने भन्ने कुरालाई उनलाई प्रधानमन्त्री अरूलाई दिने कुरा सुन्नै मन लागेन ।  माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग प्रधानमन्त्री पद आलोपालो भने पनि उनी पहिलो खेममा नै कुनै पनि हालतमा प्रधानमन्त्री नछाड्ने मनोविज्ञानमा पुगिसकेका थिए ।देउवाले कांग्रेस  गठबन्धनबाट निर्वाचन लडेर पहिलो पार्टी भएको हो भन्ने कुरा नै बिर्से । कांग्रेसलाई तेस्रो दलबाट पहिलो दल बनाएको देउवाले नै हो । तर, पहिलो दल कांग्रेसलाई बनाउन उनले माओवादी लगायतका गठबन्धनका अन्य दलको पनि सहयोग रहेको कुरालाई पछिल्लो समयमा महत्त्व दिएनन् । आफ्नो नेतृत्वमा निर्वाचनमा गएका कारण अहिले पनि आफ्नै नेतृत्वमा सरकार निर्माण गर्नु पर्छ भन्ने कुरालाई मात्रै देउवाले केन्द्रबिन्दुमा राखे ।

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  ४ : १५ बजे