सुनको मूल्यमा नयाँ कीर्तिमान

बुस्टर डोजका लागि माघमा १५ लाख मात्रा खोप आउने

काठमाडौं । कोरोना भाइरसविरुद्धको अतिरिक्त मात्रा ९बुस्टर डोज०का लागि माघमा १५ लाख खोपको मात्रा आउने भएको छ ।  ‘भ्याक्सिन र खोपको लागि ग्लोबल एलायन्स’ ‘गाभी’ले १५ लाख मात्रा खोप दिन लागेको हो ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा खोप शाखाका प्रमुख सागर दाहालले एक महिनापछि आगामी माघ १९ गते सो परिमाणको खोप आउने भएको जानकारी दिनुभयो ।

यही पुस १४ गते सरकारले बुस्टर डोज खोपका लागि औपचारिक रुपमा ‘गाभी’लाई पत्र लेखेको थियो । कोरोना भाइरसको सङ्क्रमण बढिरहेको बेला सरकारले बुस्टर डोज खोप ल्याउने तयारी गरेको हो । अमेरिकाबाट गाभीले कोभ्याक्स सुविधामार्फत नेपाललाई खोप उपलब्ध गराउने छ ।

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  ४ : ०९ बजे