नेप्से परिसूचक ६५ अंकले बढ्यो, बजार पनि ३.१५ प्रतिशतले बढ्यो

काठमाडौं । आज सेयर बजार ६५ अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ६४.८७ अंकले सेयर बजार वृद्धि भएको हो । ३.१५ प्रतिशतले बजार बढ्दा नेप्से २१२५.९४ अंकमा पुगेको छ ।

आज २५८ कम्पनीका ८७ लाख ३३ हजार ५ सय ४२ कित्ता सेयर कारोबार भएको छ । भने, ३ अर्ब ५० करोड ११ लाख ४२ हजार रुपैयाँ बराबर सेयर कारोबार भएको हो ।

विभिन्न ३० कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ ।

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  ४ : ०२ बजे