डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

सरकारलाई समर्थन गर्न माधव नेपाललाई प्रधानमन्त्री प्रचण्डको आग्रह

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री र अध्यक्ष नेपालबीच बुधबार सिंहदरबारमा भेटवार्ता भएको हो ।

सिंहदरवारमा भएको भेटवार्तामा समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्डले अध्यक्ष नेपालसँग विश्वासको मत मागेको बताइएको छ । बुधबारकै एक कार्यक्रममा अध्यक्ष नेपालले विश्वासको मत दिने नदिनेबारे निर्णय २६ गते गर्ने बताएका थिए ।

प्रधानमन्त्री प्रचण्डले २६ गते संसदमा विश्वासको मत लिँदैछन् । उनीहरूबीच सरकारमा सहभागी हुने विषयमा पनि छलफल भएको बताइएको छ ।प्रधानमन्त्री र अध्यक्ष नेपालबीच बुधबार सिंहदरबारमा भेट भएको हो । प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिँदै छन् ।

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  ३ : १६ बजे