दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

छोरा र ज्वाइँको योजनामा दासको हत्या, पाँच लाखमा ल्याएका थिए ‘सुटर’

जनकपुरधाम । धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका–२ का धानुक दासको हत्यामा उनकै छोरा र ज्वाइँको संलग्नता रहेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

गएको पुस ९ गते ४० वर्षीय दासको आफ्नै घरमा बसिरहेका बेला गोली प्रहारबाट हत्या भएको थियो । हत्या आरोपमा मृतकका छोरा प्रदीप दास, ज्वाइँ उदय दास र सुटर नगराइन नगरपालिकाका रञ्जित यादवलाई प्रहरीले पक्राउ गरेकाे छ ।

उनीहरूलाई प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको संयुक्त टोलीले पक्राउ गरेको हो । घटनामा संलग्नको आरोप लागेका भारत बिहारको खजुली बस्ने आकाश भनिने सोनु मिश्रा फरार छन् । मृतकका ज्वाइँ उदय मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका सवारी चालक छन् ।

घरमा सम्पत्तिको विवाद चलिरहेको र सोही कारण छोरा र ज्वाइँ मिलेर धानुक दासको हत्या योजना बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी स्रोतले जानकारी दिएको छ । धानुक गाउँमा मिस्त्री काम गर्थे । छोरा प्रदीपले नै ५ लाख रुपैयाँमा सुटरसँग डिल गरेर हत्या गराउन लगाएको प्रहरी स्रोतको दाबी छ ।

प्रहरी स्रोतका अनुसार सुटरहरूलाई दुई पटकमा गरी ३ लाख रुपैयाँ दिइसकिएको र २ लाख रुपैयाँ दिन बाँकी थियो । यो विषयमा पत्रकार सम्मेलन गरेर औपचारिक जानकारी सार्वजनिक गराउने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  २ : ४३ बजे