डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

सिराहामा चिसो बढेसँगै अस्पतालमा बिरामीको सङ्ख्या ह्वात्तै बढ्यो 

सिराहा । सिराहामा चिसो बढेसँगै अस्पतालमा बिरामीको सङ्ख्या ह्वात्तै बढेको छ । 

करिब तीन चार दिनदेखिको चिसोले अस्पतालमा बिरामीको सङ्ख्या बढ्न थालेका हुन्  । 

चिसोले गर्दा मानिसहरू बिरामी पर्न थालेका छन् । अत्यधिक चिसोले विशेष गरी कोल्ड डायरिया, दम, खोकीले सर्वसाधारणलाई सताएको चिकित्सकहरू बताउँछन् ।

अत्यधिक चिसोका कारण जनजीवन प्रभावित बनेपछि स्थानीय तहहरूले विद्यालयमा पनि बिदा दिन थालेका छन् । जिल्लाको मिर्चैया नगरपालिका, अर्नामा गाउँपालिकालगायतका पालिकाले १९ देखि २२ पुससम्म तीन दिनका लागि विद्यालय बन्द गरेका हुन् ।

शीतलहरका कारण सिराहा, कर्जन्हा, मिर्चैया, धनगढीमाई र सुखीपुर नगरपालिका, भगवानपुर, नवराजपुर, नरहा, औरही, अर्नामा र विष्णुपुर गाउँपालिकाले तीन दिनसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।

अर्नामा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन सिंहले मौसममा देखिएको प्रतिकूलतालाई मध्यनजर गरेर शुक्रवारसम्मका लागि विद्यालय बन्द गर्न अनुरोध गरिएको जानकारी दिनुभयो । चिसोले बालबालिकाहरूको नियमित पठन पाठनमा हुने असहजतालाई मध्यनजर गरी विद्यालय बन्द गर्न अनुरोध गरिएको उहाँले बताउनुभयो ।

दुई दिनदेखि एकाएक चिसो बढेकाले पालिकाहरूले तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको नरहा गाउँपालिकाका शिक्षा शाखा अधिकृत देवशंकर यादवले बताउनुभयो । 

जिल्लाका अधिकांश पालिकाहरूले सूचना जारी गर्दै चिसोका कारण पठनपाठनमा समस्या भएकाले विद्यालयमा तीन दिनको बिदा दिएका छन्। 

सोमवार बिहानदेखि बाक्लो हुस्सु र ठण्डी हावाले एकाएक अत्यधिक चिसो बढेको छ । चिसोले खास गरेर विद्यालयका बालबालिका, ज्येष्ठ नागरिक, विपन्न गरिब मजदुर वर्ग बढी प्रभावित भइरहेको छ । बाक्लो हुस्सुकै कारणले सिराहाबाट बिहानै चल्ने सार्वजनिक सवारीसाधनसमेत प्रभावित भएका छन् । 

चिसोबाट जोगिन अति आवश्यक बाहेक सर्वसाधारण घर बाहिर ननिस्कँदा सिराहाबाट चल्ने लामो तथा छोटो दूरीका सवारी सधानमा यात्रुहरूको सङ्ख्या अत्यन्त न्यून देखिन थालेका छन् । तराई मधेसका जिल्लाहरूमा पुस र माघमा शीतलहरले बढी प्रभाव पार्ने गरेको छ । 

सिराहाका गाउँघरहरूमा शीत लहर सुरु भएसँगै आगो ताप्ने क्रम बढेको छ । गाउँघरमा अहिले गुइँठा, दाउरा र परालका आगो बालेर चिसो छल्ने गरेको स्थानीय बताउँछन् । चिसोले गर्दा बालबालिकासँगै वृद्ध वृद्धा, र दैनिक ज्याला मजदुरी गर्नेहरू मार्कामा परेका छन् । 

 

 

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  १० : ०६ बजे