डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

कस्तो छ आजको मौसम ?

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । पहाडी भू–भागमा आंशिक छ भने तराईमा हुस्सु लागेको छ ।

दिउँसो गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली हुने सम्भावना छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति प्रदेश १ को पहाडी  भू–भागमा आंशिक बदली हुनेछ ।

 

बिहीबार प्रदेश १ को पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १ को हिमाली  भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
​​​​​​​२०७९ पुस २० गते  (बुधवार
दिउँसोː
गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

रातीː प्रदेश १ को पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ को हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

२०७९ पुस २१ गते  (बिहीबार)
दिउँसो
ː प्रदेश १ को पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ को पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १ को हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

रातीː प्रदेश १ को पहाडी भू–भागमा आंशिक बदली तथा  बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

२०७९ पुस २२ गते  (शुक्रवार)
दिउँसोː
देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरूको मौसम सामान्यतया सफा रहनेछ । 

रातीː देशको पहाडी भू–भागमा आंशिक बदली रही  बाँकी भू–भागहरूको मौसम सामान्यतया सफा रहनेछ ।

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  ९ : २१ बजे