डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

एमाले मधेस प्रदेश संसदीय दलको नेतामा सांसद सरोज यादव चयन 

जनकपुरधाम । नेकपा एमालेको मधेस प्रदेश संसदीय दलको नेतामा सांसद सरोज यादव चयन हुनुभएको छ ।

जनकपुरधाममा मङ्गलवार  बसेको एमाले मधेस प्रदेश संसदीय दलको बैठकले यादवलाई दलका नेता चयन गरेको हो । 

उहाँ महोत्तरी क्षेत्र ४ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो  ।

गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट मधेस प्रदेशमा २३ प्रदेशसभा सदस्यसहित नेकपा एमाले सबैभन्दा ठुलो दल बनेको छ ।  
 

प्रकाशित मिति : २० पुस २०७९, बुधबार  ९ : १४ बजे