काठमाडौँ । नेपाली कांग्रेसले आज प्रमुख तीन राजनीतिक दलसँग मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्ने भएको छ ।
कांग्रेसका सभापति शेरबहादुर देउवाले आज अपरान्ह ३ः०० बजेका लागि नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी नेपालका शीर्ष नेतालाई छलफलका लागि आमन्त्रण गर्नुभएको हो ।
नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार मुलुकको समसामयिक परिस्थितिका बारेमा साझा धारणा बनाउन बैठकको आयोजना गरिएको हो ।
प्रकाशित मिति : २७ चैत्र २०७७, शुक्रबार ७ : ०१ बजे
प्रतिक्रिया