छठको दोस्रो दिन आज ‘खरना’

वायु प्रदूषण बढेकोमा राष्ट्रपतिद्वारा चिन्ता व्यक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बायु प्रदूषण बढेकोमा चिन्ता व्यक्त गर्नुभएको छ ।
उहाँले आज सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्नुहुँदै  जलवायु परिवर्तनका कारण हिउँदे वर्षा अनियमित भइरहेको परिवेशमा डढेलो‚ औद्योगिक र सवारी साधनको धुवाँ‚ धुलो आदिबाट देशैभर वायु प्रदूषण बढ्नु चिन्ताको विषय बताउनु भएको हो ।
उहाँले डढेलो नियन्त्रण गर्दै वायु प्रदूषण न्यूनीकरणका लागि पहल गर्न सबै तहका जनप्रतिनिधि‚ विज्ञ तथा प्रकृति प्रेमी सबैमा आह्वान समेत गर्नु भएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहिबार  ८ : ०९ बजे