साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

देश विकासको अभियान अब कुना कुनाबाट थाल्नुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशले अब औद्योगिक क्षेत्रमा व्यापक प्रगति गर्ने बताउनुभएको छ ।

आज नेपाल चेम्बर अफ कमर्सले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, ‘सबै कुरा गर्न सक्ने क्षमता एकैजना मान्छेमा हुदैन । तर, हामीले आ–आफ्नो क्षेत्रबाट राम्रोसँग काम गरौँ । देश विकास गर्ने जिम्मेवारी हाम्रै हो । कसैले गरेर दिँदैन ।’

‘हामी सबैलाई सँगै लैजान चाहन्छौँ । देश बनाउन अब कुना–कुनाबाट विकास थाल्नुपर्छ । सबै ठाँउबाट देश उठाउने हाम्रो जिम्मेवारी हो,’ उहाँले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को महान अभिभारालाई सार्थक पार्न उद्योगी व्यापारीहरूको भूमिका हत्वपूर्ण हुने  बताउनुभयो । उहाँले भन्नुभयो, ‘देश विकास हामीले नै गर्न सक्छौँ भन्ने आत्मविश्वास छ, हामी देश बनाउन सक्छौँ । सरकारसँगसँगै उद्योगीहरू अगाडि बढ्नुस् । सरकारले गर्ने सबै सहयोग गर्छ ।’

कोरोनाले विश्व थलिएका बेला पनि देशको आर्थिक वृद्धिदर नखस्केकोमा सन्तोष प्रकट गर्दै प्रधानमन्त्री ओलीले कारोनालाई नेपालले जितिरहेको उहाँले बताउनुभयो । कार्यक्रममा प्रधानमन्त्रीले कोभिड संक्रमणको जोखिम बढे सँगै सावधानी अपनाउन सवैमा आग्रह गर्नुभयो । भारतमा कोभिड संक्रमण दर बढ्दै गएको र खुला सिमानाका कारण नेपालमा पनि जोखिम बढने खतरा रहेकाले सवैले सावधानीका उपाय अपनाउन उहाँको आग्रह थियो ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहिबार  ४ : १२ बजे