साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

माओवादी केन्द्र नफर्कि एमालेमै बसेका चार मन्त्रीको सांसद पद गुम्यो

काठमाडौं । नेकपा माओवादी केन्द्र परित्याग गरी  नेकपा एमाले प्रवेश गर्नुभएका चारजना मन्त्री सांसद पदबाट पदमुक्त हुनुभएको छ ।

प्रतिनिधिसभाको बिहीबाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले नेकपा माओवादी केन्द्रले कारबाही गरेका चार सांसद पदमुक्त भएको जानकारी गराउनुभयो ।

नेकपा एकीकरण सर्वोच्चले बदर गरेपछि एमाले र माओवादी पूर्ववत अवस्थामा गएपछि एमाले तिर बसेका चार सांसदलाई पदमुक्त गर्ने निर्णय माओवादी केन्द्र गरेको थियो। 

ओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सोमबार संसद सचिवालयलाई पत्र पठाएर एमाले प्रवेश गरेका अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली–४ का लेखराज भट्ट, रौतहट–३ का प्रभु साह र कैलाली–३ का गौरीशंकर चौधरीले पार्टी परित्याग गरेको जानकारी दिनुभएको थियो । चारैजना सांसद हाल मन्त्री हुनुहुन्छ । 

दल सम्बन्धी ऐनले अरु दलको सदस्यता लिएमा स्वत दल त्याग गरेको मानिने र त्यसले सांसद पद रिक्त हुनेबाटो खोल्ने व्यवस्था गरेको छ।

सांसद पद गएसँगै उहाँहरु अब ६ महिना मात्रै मन्त्री हुन पाउनुहुनेछ ।  संविधानको धारा ८९ ९ङ० र राजनीतिक दल सम्बन्धी ऐन २०७३ ले संघ, प्रदेश र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरु जुन दलबाट निर्वाचित भएको हो त्यो कार्यकाल भर त्यही दलमा रहनु पर्ने अन्यथा पद नै जाने प्रष्ट व्यवस्था गरेको छ।

फागुन २३ गते सर्वोच्चले दिएको आदेशअनुसार दुवै पार्टी ब्युतिएपछि चार सांसदले एमाले अध्यक्ष केपी शर्मा ओलीको शाथ नछाड्ने घोषणा गरेसँगै राजनीतिक रुपमा उहाँहरुको पद जाने निश्चित भइसकको थियो।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहिबार  ३ : १५ बजे