साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

संसदमा ६५ वटा  विधेयक रोकेर सरकारले  काम दिएन भन्नु पूर्वाग्रह मात्रै : लालबाबु

 

काठमाडौं । नेकपा (एमाले)का सांसद लालबाबु पण्डितले संसदमा विचाराधीन विधेयक रोकेर सरकारले काम नदिएको भन्दै  प्रचार गरिएकोमा आपत्ति जनाउनुभएको छ । 

बिहीबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्नुहुँदै पण्डितले संसदमा अहिले पनि ६५ विधेयक रहेको र ती ीवधेयक नबढाइएको दाबी गनुृभयो ।

विधेयक अगाडी बढाउनमा सभामुखको विशेष भूमिका हुने भन्दै पण्डितले विधेयक अधिवेशनमै बिधेयक रोक्नुको कारण दिन सभामुखलाई आग्रह गर्नूभयो । उहाँले भन्नुभयो, ‘प्रचार गरिदै छ कि संसदलाई सरकारले काम दिएन, सरकारले ल्याएका विधेयक काम होइन ?’

‘उहाँले भन्नुभयो,‘संसदले काम नपाएको भन्ने, सरकारले काम नदिएको भन्ने ? संसदले काम गर्न सकिरहेको स्थिति छैन । यसमा सभामुखको विशेष भूमिका आवश्यक छ ।विधेयक अधिवेशन भए पनि एउटा पनि विधेयक पास गर्छ कि गर्दैन भनेर जनताले हेरिरहेका भन्दै उहाँले नागरिकता विधेयक दोस्रो अधिवेशनदेखि नेपालको नागरिकता ऐन सम्बन्धी विधेयक अड्काइएर बसेको बताउनुभयो ।

संसदले काम गर्न नसक्दा त्यो प्रश्न सभामुखतिर पनि उठ्ने  पण्डितले बताउनुभयो  । उहाँले कुन पार्टीले विधेयक रोकिरहेको हो त्यो कुरा सांसदहरलाई थाहा दिनुपर्ने बताउनुभयोे । उहाँले भन्नुभयो,‘विधेयक अगाडि बढाउन कुन राजनीतिक पार्टीले रोकेको छ ? प्रधानमन्त्रीले रोक्नु भएको छ कि कुन मन्त्रीले रोक्नु भएको हो ? बाधा अरोध छ भने सांसदलाई जानकारी हुनुपर्छ । एकतर्फी रुपमा सरकारले  काम दिएन भन्यो भने त्यो पूर्वाग्रह मात्रै हो ।’

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहिबार  २ : ५५ बजे