साफ यू–१७ च्याम्पियनसिप आजदेखि

काभ्रेमा बद्रीराज विजयी

बनेपा– महासङ्घ काभ्रेपलाञ्चोकको बुधबार भएको निर्वाचनबाट प्रेस युनियनका बद्रीराज तिमल्सिना विजयी भएका हुनुभएको छ । बुधवार सम्पन्न निर्वाचनको मत परिणामअनुसार तिमल्सिनाले निकटतम प्रतिस्पर्धी प्रेस चौतारीका नवराज बजगाईँलाई १७ मतको अन्तरले पछाडि पार्दै विजयी हुनुभएको हो । 

 युनियन र प्रेस सङ्गठन नेपालको संयुक्त गठबन्धनको तर्फबाट अध्यक्षका उम्मेदवार तिमल्सिनाले ६८ मत ल्याउनुभयो भने बजगाईँले ५१ मत प्राप्त गर्नुभयो । त्यस्तै उपाध्यक्षमा प्रेस चौतारीका विनोद न्यौपानेले ६१ मत प्राप्त गरी प्रेस सङ्गठनका प्रल्हाद शर्मा हुमागाईँलाई पछाडि पार्न सफल हुनुभयो । हुमागाईँले ५७ मत प्राप्त गर्नुभएको छ । महिला उपाध्यक्षमा सुनिता सापकोटाले ६४ मत ल्याएर विजयी हुनुभएको छ । 

त्यस्तै कार्यसमितिको सचिवमा युनियनका कपिल कोइराला, कोषाध्यक्ष चौतारीका केदारनाथ तिमल्सिना, खुला सहसचिवमा सरोज अधिकारी, समावेशी सहसचिवमा जगतमान बल तामाङ विजयी हुनुभएको छ । सदस्यमा क्रमशः  अशोक महत, देवराज केसी, मोहनकुमार तिमल्सिना, रञ्जित बोहोरा, सन्तोष न्यौपाने, सुकदेव थपलिया, शिवप्रसाद पन्त र सुरज श्रेष्ठ विजयी हुनुभएको छ । कार्यसमितिको अपाङ्गता सदस्यमा रामचन्द्र अधिकारी, समावेशी सदस्यमा बद्री तिमल्सिना र महिला सदस्यमा सम्झना गौतम निर्विरोध निर्वाचित हुनुभएको छ ।

सोही दिन भएको निर्वाचनबाट केन्द्रीय परिषद सदस्यमा प्रदीप केसी र भुवन रायमाझी, प्रदेश परिषद् सदस्यमा नवराज सापकोटा, निरञ्जन गेलाल, भरत अधिकारी, रामचन्द्र दनुवार र लक्ष्मण तिमल्सिना विजयी हुनुभएको छ । केन्द्रीय परिषद् महिला सदस्यमा यसअघि सरिता सापकोटा तथा प्रदेश परिषद् महिला सदस्यमा राज्यलक्ष्मी श्रेष्ठ, कविता शर्मा र सूर्यमाया दनुवार निर्विरोध निर्वाचित हुनुभएको थियो ।
 

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहिबार  २ : ४० बजे