साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

विकास विरोधीहरुको  निद्रा हराएपनि विकासप्रेमीहरु खुसीले गदगद् छन् : शान्ता चौधरी

काठमाडौं । नेकपा एमालेकी सचेतक शान्ता चौधरीले सरकारको कामले अहिले विकासप्रेमीहरु खुसीले गदगद् भएको बताउनुभएको छ ।  

प्रतिनिधि सभाको बिहीबारको बैठकको शून्य समयमा बोल्नुहुँदै चौधरीले भन्नुभयो,  सुन्दैछु नयाँ वर्षको प्रवेशसँगै देशले अमूल्य चिज उपहार पाउँदैछ,गौतम बुद्ध विमानस्थल सम्पन्न भयो। धरहरा मुसुक्क मुस्कुरायो। कोही भन्दैछन्, जनता हाँस्दा म कसरी हाँसू ! कठैबरा कसले होला पुछिदिने आँसु !

उहाँले विकासप्रेमीहरु अहिले खुसीले गदगद्  भएपनि विरोधीहरुले भने विरोधका नाममा कोकोहोलो गरेको बताउनुभयो । ‘विरोधका लागि विरोध गर्नेहरुको कोलाहल देखेर म छक्क पर्छु। सरकार विकास गर्छ जनतालाई हसाउँछ, खुसी दिन्छ, चौधरीले भन्न्ुभयो, ‘तर विकास विरोधीहरुको आँखा रसाउँछ। अनि खुसी हराउँछ।’   

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहिबार  २ : २१ बजे