साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

संसदीय समितिमा  जिम्मेवारी हेरफेर गर्न माग 

काठमाडौँ  । सत्तारुढ नेकपा (एमालें)ले संसदीय समितिमा  पार्टीको शक्तिका आधारमा  जिम्मेवारी दिन सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेको छ । 

प्रतिनिधिसभाको बिहीबारको बैठकमा एमालेका सांसद खगराज अधिकारीले सभामुखलाई संसदीय समितिमा नेकपा एमाले र माओवादी केन्द्र फरक–फरक दल रहेको स्वीकार्दै हेरफेर गर्न माग गर्नुभएको हो । 

‘जब हामी संसदीय समितिमा जान्छौं, नेकपा हुन बाध्य छौं । यस्तो परिस्थिति निर्माण हुनु र नेकपा भएर जानुपर्ने अवस्था संविधान, कानुन, दलसम्बन्धी व्यवस्थाविपरीत छ । प्रतिनधिसभा नियमावलीविपरीत छ । संसद्ले अब नेकपा जान्दैन’ अधिकारीले भन्नुभयो, ‘बारम्बार संसदीय समितिमा हेरफेर गर्न आग्रह र अनुरोध पनि गर्‍यौं । मिनी संसद्हरूमा हामी नेकपा भएर बस्न सक्दैनौं ।’

उहाँले बिहीबारकै बैठकबाट आफूहरूलाई एमालेको शक्तिको आधारमा समितिमा राख्न र मुख्य सचेतक विशाल भट्टराईले दिनुभएको नामअनुसार हेरफेर गरिदिन आग्रह गनुृभयो । उहाँले आफूहरूलाई नउक्साउन पनि चेतावनी दिनुभयो । अधिकारीले त्यसरी आफूहरूलाई नेकपा भएर संसदीय समितिमा बस्न बाध्य पार्नु असंवैधानिक रहेको बताउनुभयो । 
 

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहिबार  १ : ५९ बजे