साफ यू–१७ च्याम्पियनसिप आजदेखि

पत्रकार महासंघको निर्वाचन : यस्तो छ अहिलेसम्मको मतपरिणाम

काठमाडौँ । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि भएको प्रत्यक्ष निर्वाचनको मतगणना जारी रहँदा विपुल पोखरेल नेतृत्वको प्यानलको अग्रता कायम रहेको छ ।

अधिकांश जिल्लाहरुमा मतगणना जारी छ । केही जिल्लाको गणना सकिँदा कांग्रेस-माओवादी-माधव नेपाल पक्षीय प्रेस चौतारी सहितको प्यानलले अग्रता लिएको हो ।

एमाले निकट प्रेस चौतारीको निर्मला शर्मा नेतृत्वको प्यानल केही जिल्लामा मात्र अग्रता लिइरहेको छ । स्वतन्त्रबाट अध्यक्षमा उठेका गजेन्द्र बुढाथोकीले भने अहिलेसम्म कम मात्र मत प्राप्त गरेका छन्।

यस्तो छ अहिलेसम्मको मतपरिणाम:
प्रदेश १

धनकुटामा मतगणना सकिएको छ। जहाँ विपुल पोखरेलले ८३, निर्मला शर्माले ३३ र गजेन्द्र बुढाथोकीले ३ मत प्राप्त गरेका छन्। 

यस्तै वरिष्ठ उपाध्यक्षमा पोखरेल प्यानलका रमेश विष्टले ८२ र शर्मा प्यानलका माधव नेपालले ३३ मत ल्याएका छन्।

महासचिवमा रोशन पुरीले ७६, बाकलकृष्ण बस्नेतले ३३ र सुबोध गौतमले ६ मत प्राप्त गरेका छन्। धनकुटामा पोखरेल प्यानलका सबै उम्मेदवार अगाडि देखिएका छन्।

उदयपुरमा सम्पन्न मतगणनाअनुसार विपुल पोखरेलले ४४, निर्मला शर्माले ३८ र गजेन्द्र बुढाथोकीले १० मत प्राप्त गरेका छन्।

वरिष्ठ उपाध्यक्षमा रमेश विष्टले ५६ र माधव नेपालले २२ मत पाएका छन्। महासचिवमा रोशन पुरीले ४८, बालकृष्ण बस्नेतले ३५ र सुबोध गौतमले ४ मत पाएका छन्।

सोलुखम्बुमा पनि मतगणना सकिएको छ। जहाँ अध्यक्षका उम्मेदवार विपुल पोखरेलले ३२ र निर्मला शर्माले २५ मत पाएका छन्। ओखलढुंगामा पोखरेलले १८ मत ल्याउँदा शर्माले २५ मत प्राप्त गरेकी छन्। भोजुपुरमा पोखरेलले १९ र शर्माले २० मत पाएका छन।

लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेशका सबैजसो जिल्लामा पोखरेल प्यानल अगाडि छ। उसले जिल्ला, प्रदेश र केन्द्र तीनै तहमा अग्रता लिएको छ।

गुल्मीमा केन्द्रीय अध्यक्षका उम्मेदवार विपुल पोखरेलले ३९ र निर्मला शर्माले १९ मत पाएका छन्। यस्तै पाल्पामा पोखरेलले ४१ र शर्माले ४७ मत प्राप्त गरेका छन्।

रोल्पामा पोखरेलले ४६ र शर्माले २८ मत ल्याएका छन्। प्रदेश अध्यक्षका उम्मेदवार बसन्त गिरीले ४७ र भरत केसीले २६ मत पाएका छन्।

सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेशका जिल्लाको मत गणना सकिएको छ। बझाङ, डोटी, डडेल्धुरा र दार्चुलामा गरी पोख्रेलले २०६ तथा शर्माले ११८ मत पाएकी छन्।

बैतडी, बाजुरा र अछामको अन्तिम मत गणना अन्तिम चरणमा पुगेको छ भने कैलाली र कञ्चनपुरमा मत गणना सुरु हुँदै छ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहिबार  १२ : २३ बजे