साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

रेडपाण्डा चोरी सिकारी गरेको अभियोगमा दोषी प्रमाणित भएका अभियुक्त  कारागार चलान

रसुवा । दुर्लभ रातो हाब्रे (रेडपाण्डा) चोरी सिकारी गरेको अभियोगमा दोषी प्रमाणित भएका अभियुक्त  कारागार चलान भएका छन् । 

कारागार चलान हुनेमा रसुवा जिल्ला आमाछोदिङ्मो गाउँपालिका–५ चिलिमे निवासी ४७ वर्षका  छवाङ तामाङ रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

रातो हाब्रे (रेडपाण्डा) चोरी शिकारी गरेको अभियोगमा  जिल्ला अदालतबाट विसं २०७५ सालमै दोषी प्रमाणित भएका तामाङलाई नियन्त्रणमा लिन प्रहरीले लामो प्रयास गरेको थियो ।

तातोपानी नजिकै गाईबस्तुको  गोठमा लुकिछिपी बसेको अवस्थामा  थाम्बुचेत प्रहरीले नियन्त्रयमा लिई कारागार चलान गरेको बताइएको छ ।

जिल्ला अदालतको फैसला बमोजिम पक्राउ परेका तामाङले एक वर्ष कैद भुक्तान गर्नुपर्ने बताइएको छ ।

विभिन्न मुद्दामा जिल्ला अदालतबाट दोषी प्रमाणित भई फरार सूचीमा रहेका व्यक्तिको खोजीकार्यलाई तीव्र रूपमा अगाडि बढाइएको प्रहरीले जनाएको छ । रासस 

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहिबार  ११ : ५४ बजे