‘नेशनल डे कन्सर्ट’ सम्पन्न

भारतबाट आउने नेपालीहरूको गड्डाचौकीमा एन्टीजेनवाबाट कोरोना परिक्षण गरिने

कञ्चनपुर । भारतका विभिन्न सहरहरूमा कोरोना सङ्क्रमण दोस्रो लहर सुरु भएसँगै कञ्चनपुरको  पश्चिमी नाका गड्डाचौकीबाट फर्किने नागरिकहरूको एन्टीजेनबाट कोरोना परिक्षण गर्ने तयारी भइरहेको छ । 

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलले सुदूरपश्चिमका ४ वटा नाका कञ्चनपुरको गड्डाचौकी, कैलालीको त्रिनगर, बैतडीको झुला घाट र दार्चुलामा स्थापना भएको हेल्थ डेस्कबाट भारतमा काम गरेर फर्केका नागरिकहरूको अनिवार्य एन्टीजेनबाट परीक्षणको व्यवस्था मिलाउन निर्देशन दिइएको र सोको व्यवस्थापन गर्ने कार्य भइरहेको जनस्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले बताउनु भएको छ ।

भारतका विभिन्न सहरहरूमा कोरोना रोगको दोस्रो लहर आउन थालेसँगै सुदूरपश्चिम प्रदेशमा भारतबाट नेपाल प्रवेश गर्ने व्यक्तिहरूको अनिवार्य एन्टीजेन परीक्षणको व्यवस्था मिलाउन निर्देशन गरिएको जनस्वास्थ्य कार्यालय कञ्चनपुरको प्रमुख सुनारले बताउनु भएको छ ।
उहाँले लक्षण देखिएका वा शङ्कास्पद व्यक्तिलाई विशेष प्राथमिकता दिएर एन्टीजेनबाट परीक्षण गरिने र कोरोना पोजेटिभ भेटिएमा महाकाली अस्पतालको आइसोलेसन सेन्टरमा राख्ने व्यवस्था मिलाइएको बताउनुभएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ९ : २५ बजे