साफ यू–१७ च्याम्पियनसिप आजदेखि

पत्रकार महासंघ भक्तपुरमा विपुल पोख्रेलको जीत सुनिश्चित

काठमाडौं । नेपाल पत्रकार महासंघ भक्तपुरको मतगणना सकिएको छ । महासंघ केन्द्रीय समितिको निर्वाचनमा भक्तपुरबाट अध्यक्षका प्रत्यासी विपुल पोख्रेल धेरै भोट मतान्तरले अगाडि देखिएका छन् । पोखरेलले ११९ मत प्राप्त गरेका छन् भने निर्मला शर्माले ४६ मत प्राप्त गरेकी छन् । त्यस्तै बरिष्ठ उपाध्यक्षमा रमेश विष्टले १२३ मत प्राप्त गरेका छन् भने माधव नेपालले ४४ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपाध्यक्ष ९महिला०मा बाला अधिकारीले १२२ मत प्राप्त गरेकी छन् भने दाना केसीले ३९ मत प्राप्त गरेकी छन् । महासचिवका प्रत्यासी रोशन पुरीले १०८ मत प्राप्त गरेका छन् भने अर्का प्रत्यासी बालकृष्ण बस्नेतले ५४ मत प्राप्त गरेका छन् ।
मतगणना सकिएसँगै विपुल पोखरेलले जित्ने पक्का भएको छ ।
 

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहिबार  ५ : ०७ बजे