साफ यू–१७ च्याम्पियनसिप आजदेखि

रात्रिकालीन व्यवसाय बन्द गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रात्रिकालीन व्यवसाय तथा रेष्टुरेन्टहरु राति  बन्द गर्न आग्रह गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै कोरोना भाइरसको बढ्दो संक्रमण तथा बेलायत भेरियन्टको बढ्दो संख्यालाई मध्यनजर गर्दै स्वास्थ्य सतर्कता अपनाउन ९ बजेपछि बन्द गर्न आग्रह  गरेको हो ।

कोरोना संक्रमण नियन्त्रणका लागि जनस्वास्थ्य मापदण्डको उल्लंघन र कोरोनाको बढ्दो दरलाई मध्यनजर गर्दै मन्त्रालयले रात्रिकालीन व्यवसाय कडाइका साथ बन्द गराउन आग्रह गरेको हो । घरबाहिर र सार्वजनिक स्थामा जाँदा मास्कको प्रयोगलाई अनिवार्य गराउने र माक्स प्रयोग नगर्नेलाई संक्रामक रोग ऐन बमोजिम कारबाही गर्ने गरी कडाइका साथ लागु गर्न मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  ८ : ०५ बजे