पोखरा । गण्डकी प्रदेश सरकारबाट माओवादीका दुई मन्त्री बाहिरिएका छन् । गण्डकी प्रदेशका आन्तरिक मामला मन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था तथा कृषि मन्त्री लेखबहादुर मगरले मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई राजीनामा बुझाएका हुन् ।
माओवादी संसदीय दलको बुधबार विहान बसेको बैठकले दुवै मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको थियो ।
प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार २ : ३५ बजे
प्रतिक्रिया