काठमाडौं । नेपाल पत्रकार महासङ्घको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । बिहान ९ः०० बजेदेखि देशैभर मतदान सुरु भएको हो ।
देशभर महासङ्घका सबै शाखा, प्रदेश समिति र केन्द्रीय समितिको निर्वाचन आज एकसाथ भइरहेको छ । पत्रकार महासङ्घ प्रत्यक्ष मतदान प्रणालीमा प्रवेश गरेपछि केन्द्रीय समितिको निर्वाचन पहिलो पटक प्रत्यक्ष प्रणालीबाट भएको हो । महासङ्घको केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा र विभिन्न प्रतिष्ठान तथा एसोसिएटमा नयाँ नेतृत्वका लागि १३ हजार १२२ सदस्यले एकसाथ मतदान गर्दैछन् ।
तस्विरहरु
प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार १२ : १८ बजे
प्रतिक्रिया