साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

नयाँ नेतृत्व चयनका लागि पत्रकार महासंघको चुनाव आज हुँदै, निर्मला शर्मा र विपुल पोखरेल प्रतिस्पर्धामा

काठमाडौं । नयाँ नेतृत्व चयनका लागि नेपाल पत्रकार महासंघको चुनाव आज हुदैछ । बिहान  ९ बजेदेखि ५ बजे सम्म हुने चुनावमा ४९ पदाधिकारीका लागि १५२ जनाको उम्मेदवारी परेको छ। अध्यक्षमा निर्मला शर्मा र विपुल पोखरेलले प्यानलसहित उम्मेदवारी दिएका छन् । आज हुने निर्वाचनमा निर्मला शर्मा र विपुल पोखरेलको कडा प्रतिस्पर्धा हुने देखिएको छ । त्यस्तै अर्का अध्यक्ष गजेन्द्र बुढाथोकीपनि अध्यक्षका प्रतिस्पर्धी हुन । प्रत्येक तीन वर्षमा हुने निर्वाचनमा पहिलो पटक महासङ्घले सबै समितिका नेतृत्व चयनका लागि सदस्यहरुको प्रत्यक्ष मतदानको व्यवस्था गरिएको छ।  प्रदेश संरचनामा महासङ्घमा १० प्रदेश मानेर निर्वाचन क्षेत्र छुट्याइएको छ। नयाँ नेतृत्वका लागि महासंघका प्रतिस्पर्धीले कार्यालयमा पुगेर,फोन ,सामाजिक सञ्जाल, म्यासेजबाट भोट मागिरहेका छन् । 

 

प्रकाशित मिति : २५ चैत्र २०७७, बुधबार  ६ : ५८ बजे