साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

आगलागी नियन्त्रण गर्न हवाईजहाज र हेलीकप्टरको प्रयोगबारे गृहकार्य गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ –  प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीले  हाल देशमा उच्च वायु प्रदुषणको कारक बनेको आगलागी नियन्त्रण गर्न हवाईजहाज र हेलीकप्टरको प्रयोगबारे गृहकार्य गर्न सम्बद्ध निकायहरुलाई निर्देशन दिनुभएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार सम्पन्न रक्षा मन्त्रालयको चौमासिक बजेट समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले ठूलो मात्रामा र विकट जंगलका डडेलोमा हालका दमकल र जनशक्ति पर्याप्त नहुने बताउनुभयो । ‘अहिलेका जस्ता आगलागीमा प्रयोग गर्न सकिने र अरु बेला तिनलाई अन्य काममा पनि लगाउन सकिने बहुृउपयोगी हेलिकप्टर वा हवाइजहाज ल्याउनेतर्फ गृहकार्य थालिनु पर्छ’, प्रधानमन्त्रीको भनाई थियो । यसका साथै हाल देशमा भएकै हवाईजहाज वा हेलिकप्टरमा अग्नी नियन्त्रक यन्त्र जडान गरेर तत्कालको समस्या समाधान गर्न सकिने भए सो का लागि समेत कार्य प्रारम्भ गर्न पनि उहाँले निर्देशन दिनुभयो । यसकार्यमा नेपाली सेनाले अग्रसरता लिनु उपयोगी हुने धारणा पनि प्रधानमन्त्रीको थियो ।  

अहिलको आगलागीलाई गम्भिरता पुर्वक लिँदै  आगामी वर्षहरुका लागि समेत तयारी गरिनुपर्ने बताउनुभयो । अहिले देशभित्र ७ सय ठाउँमा आगलागी भएको उहाँले यो स्वाभाविक नदेखिने समेत बताउनुभयो । ‘पहिले पनि सुख्खा मौसममा डढेलो लाग्थ्यो, यस्तो हुन्थ्यो र ?’, प्रधानमन्त्रीको प्रश्न थियो ।  

आगलागीको परिणाम स्वरुप उत्पन वायु प्रदुषणले स्वास्थ्य समस्या देखिनेतर्फ सचेत गराउँदै प्रधानमन्त्रीले केही दिन यता आफूले समेत असहज महशुस गरेको बताउनुभयो । ‘मभन्दा बुढाबुढी र रोगीलाई त झन् के भएको हुँदो हो ?’, प्रधानमन्त्रीले भन्नुभयो ।

रक्षा मन्त्रालय अन्तर्गत सञ्चालित विकास आयोजनाहरुमा सामान्यबाहेकका कुनै उल्लेखनीय समस्य नदेखिनु सुखद पक्ष रहेको बताउँदै प्रधानमन्त्रीले नेपाली सेनाले अब आफ्ना लागि चाहिने पोशाक, विस्कुट खाद्य पदार्थ आफै उत्पादन गर्ने अग्रसरता लिनु सह्रानीय भएको धारणा समेत राख्नुभयो । आफै उत्पादन गर्दा सबै सुरक्षा निकाय, सरकारी कार्यालयमा प्रयोग हुने पोशाक र विद्यालयका पोशाक समेतमा आयातित कपडाको साटो प्रयोग गर्न सकिने स्थिति बन्ने धारणा उहाँको थियो । तर त्यसरी तयार हुने पोशाक सितै होइन, परल मुल्य लिएर गुणस्तरसमेत सुनिश्चित गराएर उपलब्ध गराइने हुनेपर्ने धारणा पनि प्रधानमन्त्रीको थियो ।

कार्यक्रममा प्रधानसेनापति महारथि पूर्णचन्द्र थापाले नेपाल सरकारबाट नेपाली सेनालाई प्राप्त विकास निर्माणसम्बन्धी जिम्मेवारी लक्ष्य अनुरुप नै पुरा हुने दिशामा अघि बढीरहेको बताउनुभयो । साथै वीरन्द्र सैनिक अस्पताललाई ठूला जनधनको क्षतिका बेला काम गर्न सक्ने स्तरमा पु¥याउने, बंकरहरुलाई व्यारेकमा स्थानान्तरण गर्र्ने तथा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय स्थापनालगायतका विषयमा कार्यहरु अघि बढीरहेको भनाई पनि उहाँको थियो । 

कार्यक्रममा चौमासिक प्रगति विवरण पेश गर्दै रक्षा सचिव रेश्मिराज पाण्डेले केही सामान्य चुनौतिका बाबजुद लक्ष्य अनुरुप नै प्रगतिभएको उल्लेख गर्नुभयो । 

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  ४ : १६ बजे