साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

गुट, उपगुट र पार्टीभन्दा माथी उठेर महिलालाई भोट दिनुस् : बन्दना राणा

काठमाडौं । वरिष्ठ पत्रकार एवं सेडा कमिटीका उपाध्यक्ष बन्दना राणाले गुट, उपगुट र पार्टीभन्दा माथी रहेर महिलालाई भोट दिन आग्रह गर्नुभएको छ ।  पत्रकार महासंघको ६ दशक लामो इतिहासमा हुन गइरहेको निर्वाचनमा आफुलाई भित्रैदेखि महिला नै नेतृत्वमा आओस भन्ने कामना रहेको उहाँले बताउनुभयो । 

अधिकारकर्मी राणाले भोलि पहिलो पटक प्रत्यक्ष निर्वाचन पद्धतिमार्फत  हुन गईरहेको नयाँ नेतृत्व चयन प्रक्रियामा महिलाले महिलालाई नै जिताउने अभियान लिनुपर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,–‘जहाँको निर्वाचन भएपनि, जुन सुकै मानिस उठ्यो भनेपनि मेरो भोट चाहि महिलामा नै रहन्छ ,किन भने महिला नेतृत्वमा आउँदा तपाईहरु लगायत अब आउने नयाँ छोरीहरुले त्यो सपना देख्न सक्छन् ।’  क्षमता भएका महिलालाई अगाडि बढाउनपनि सक्दो महिलालाई जिताउनुपर्ने उहाँको बुझाई छ ।

महासंघको नेतृत्वका लागि बिभिन्न विचारसँग निकट भएका पत्रकार र उनीहरुका संगठन आफ्ना एजेन्डा सहित प्रतिस्पर्धामा उत्रिनु स्वभाविक भएपनि पत्रकार महासंघमा राजनीतिक पार्टीको अभ्यास  राम्रो नभएको उहाँको बुझाई छ । राणा भन्नुहुन्छ,–‘पत्रकार स्वतन्त्र हुनुपर्दछ, त्यो वातावरण श्रृजना गर्न अवको नेतृत्वले माहोल बनाउनुपर्छ ।’ महासंघले  महिला सभापति उम्मेदवार पाउनु आफैमा एउटा सकारात्मक शुरुवात भएको बताउँदै उहाँले अध्यक्षका प्रत्यासी निर्मला शर्माको ठुलो आँट भएको बताउनुभयो । मेहनती र नेतृत्व हाँक्न सक्ने क्षमता भएकाले महासंघमा उठेका महिला उम्मेदवारलाई भोट दिन उहाँको आग्रह थियो । 

पत्रकार महासंघको निर्वाचनका लागि प्रतिष्ठान, प्रदेश, जिल्ला केन्द्रमा नयाँ कार्यसमिति चयनका लागि भोलि निर्वाचन हुँदैछ ।

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  ४ : ०८ बजे