‘नेशनल डे कन्सर्ट’ सम्पन्न

हिउँ चितुवाले सखाप पा¥यो च्याङ्ग्रा

जाजरकोट । हिउँ चितुवाको आक्रमणमा परी डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–१ कोमासस्थित डाक्वा गुरुङका ५० च्याङ्ग्रा मरेका छन्  । उपल्लो डोल्पामा पटकपटक हिउँ चितुवाको आक्रमणमा परी च्याङ्ग्रा मारिदै आएका छन् । च्याङ्ग्राको गोठमै हिउँ चितुवा पसेर सबै सखाप परेको बुद्ध मध्यवर्ती क्षेत्र उपभोक्ता समिति र सालदाङ हिउँ चितुवा संरक्षण समितिले जनाएको छ । 

मारिएका च्याङग्राको क्षर्तिपूर्तिका लागि शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०६९ ९तेस्रो संशोधन २०७५०  अनुसार  निकुञ्जद्वारा राहत दिनका लागि पहल गरिने निकुञ्जले जानकारी दिएको छ । 

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ७ : ०५ बजे