साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

कालीकोटमा दुर्लभ हाब्रे

मान्म – कालीकोटको शुभकालिका गाउँपालिका–६ हाउडी लेकमा दुर्लभ रेडपाण्डा(हाब्रे) भेटिएको छ । सोमबार हाउडी लेकको जङ्गलमा रेडपाण्डा भेटिएको हो । 

    लोपोन्मुख अवस्थामा रहेको रेडपाण्डा विश्वको दुर्लभ स्तनधारी जनावर हाउडीको जङ्गलमा भेटिएको शुभकालिका गाउँपालिकाका–६ का वडाध्यक्ष कर्णबहादुर केसीले बताउनुभयो । “मानवीय गतिविधिका कारण पछिल्लो समय रेडपाण्डा निकै लोपोन्मुख अवस्थामा छ”, उहाँले भन्नुभयो । दुर्लभ जनावरका रुपमा रहेको रेडपाण्डालाई संरक्षण गर्ने नीति रहेको वडाध्यक्ष केसीले बताउनुभयो । “रेडपाण्डा संरक्षणको छुट्टै नीति गाउँपालिकाले बनाएको छ”, उहाँले भन्नुभयो, “चोरी शिकारीका कारणले रेडपाण्डा लोप हुँदै गएका छन् ।”

    हाल नेपालमा ५०० मात्रै रेडपाण्डा रहेकोमा त्यसमध्ये ४३ प्रतिशत रेडपाण्डाको बासस्थान कर्णालीमा छ ।
 

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  ४ : ०४ बजे