साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

राष्ट्रसंघलाई सरकारको जवाफ  : नियुक्ति संविधानसम्मत् 

काठमाडौँ । सरकारले  राष्ट्रिय मानव अधिकार आयोगलाई संवैधानिक नियुक्तिबारे राष्ट्रसंघको मानव अधिकार उच्च आयोगले राखेको चासोको  जवाफ दिएको छ ।  

राष्ट्रिय मानव अधिकार आयोगको नियुक्तिमाथि प्रश्न उठाउँदै  राष्ट्रिय मानव अधिकार संस्थाहरूको विश्वव्यापी सञ्जाल संयुक्त राष्ट्र संघीय मानव अधिकार उच्चायोग (ओएचसीएचआर) मा उजुरी परेपछि सरकारले त्यसको जवाफ पठाएको हो । 

सरकारले सबै नियुक्ति संविधान र कानून संगत  नै भएको भन्दै  मानव अधिकार आयोगमार्फत चार पृष्ठ लामो जवाफ पठाएको छ ।
सरकारले लामो बहस र छलफलपछि नियुक्ति गर्न पर्नुका कारण र नियुक्त व्यक्तिहरूको विवरण समेत खुलाएर जवाफ पठाएको हो ।

सरकारले अध्यादेशमार्फत् गरेको  नियुक्त  पदाधिकारीका सन्दर्भमा संयुक्त राष्ट्र संघीय मानव अधिकार उच्चायोग  (ओएचसीएचआर) उजुरी परेको भन्दै प्रश्न उठाएपछि केपी शर्मा ओली नेतृत्वको सरकारले जवाफ पठाएको हो । 

नियुक्तीका विषयमा जेनेभास्थित उच्चायुक्तको कार्यालयले मानव अधिकार आयोगलाई प्रश्न गरेपछि आयोगले उक्त नियुक्तिबारे सोधिएको पत्र सरकारलाई पठाएको थियो । 

राष्ट्रसंघीय उच्चायुक्तबाट नियुक्ति प्रक्रियामा प्रश्न उठाउँदै आएको पत्रको जवाफ सरकारले आयोगलाई सोमबार दिएको छ । यो जवाफ जस्ताको तस्तै आजै जेनेभा पठाउने छौँ,’ आयोगका सचिव वेदप्रसाद भट्टराईले भन्न्भयो  ।   

आयोगले कानुन र संविधान अनुसार काम गरिरहेको र आयोगमा नियुक्ति पनि त्यही अनुरुप भएको बताएको छ ।  आयोगले संवैधानिक परिषद्‍मा कानुन बमोजिम  नै नियुक्ति भएको भन्दै सो  प्रकृयामा  अध्यादेशले केही सहजीकरण गर्ने काम गरेर तर कानुनलाई बलमिच्याई नगरेको बताएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  ३ : १३ बजे