‘नेशनल डे कन्सर्ट’ सम्पन्न

गुटबन्दीको अन्त्य गर्दै पार्टी अघि बढ्नेछ : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले पार्टी गुटबन्दीको अन्त्य गर्दै अघि बढ्ने बताउनुभएको छ । मन्त्रालयमा आज आयोजित पत्रकारसम्मेलनमा उहाँले पार्टीमा गुटबन्दीलाई प्रवेश गर्न नदिइने बताउनुभयो । पार्टी, देश र जनताका लागि नै घातक हुने गुटबन्दी स्वीकार गर्ने अवस्थामा आफूहरु नरहेको सरकारका प्रवक्ता मन्त्री गुरुङको भनाइ छ । 

    आफूले गरेको गल्ती स्वीकार गरे माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाललाई पनि एमालेमा स्वागत गर्ने उहाँले बताउनुभयो । मन्त्री गुरुङले भन्नुभयो, “गल्ती महसुस गरेर आउँछन् भने दाहाललाई पनि पार्टीभित्र स्वागत गरिनेछ ।” 

    मन्त्री गुरुङले नेकपा (एमाले) सँग अहिले दुवै हातमा लड्डुु रहेको बताउनुभयो । उहाँले पार्टीलाई सरकारमा रहँदा आफूले अघि सारेको समृद्धिको एजेन्डालाई कार्यान्वयन गरेर जाने र प्रतिपक्षमा रहँदा पनि चुनावको तयारी गरेर निर्वाचनमा बहुमत ल्याउने अवसर रहेको उल्लेख गर्नुभयो । वर्तमान सरकार स्पष्ट बहुमतमा रहेको उल्लेख गर्दै उहाँले अनुचित र सिद्धान्तहीन सम्झौता गरेर सरकार टिकाइरहन पर्ने छैन भन्नुभयो । 

मन्त्री गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजनाको काम शुरु भएकामा मात्रै शिल्यान्यास गर्नुभएको स्पष्ट पार्नुभयो । उहाँले ठेक्का सम्झौता, विस्तृत अध्ययन र निर्माण कम्पनीले काम शुरु गरेको आयोजनाको मात्रै सरकारले उद्घाटन गरिरहेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ८ : ४८ बजे