‘नेशनल डे कन्सर्ट’ सम्पन्न

मुर्ती चोरी गरेको अभियोगमा पक्राउ

ललितपुर – ललितपुर महानगरपालिका-१६ धौगलबजारस्थित मुर्ती बनाउने स्थानबाट १६ थान धातुको मुर्ती चोरी गरेको अभियोगमा ललितपुर महानगरपालिका-१२ मंगलबजार बस्ने काभ्रे वेथानचोक गाउँपालिका-६ घर भएका ४८ वर्षीय राज कुमार सुनारलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

मुर्ती बनाउने स्थानबाट चैत १३ गते विभिन्न आकृतिका धातुका मुर्तीहरु चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा उक्त कार्यमा संलग्न सुनारलाई चोरी भएका सम्पूर्ण मुर्ती सहित
ललितपुर बालकुमारीबाट प्रहरीले पक्राउ गरेको हो ।

उनी उपर जिल्ला अदालत ललितपुरबाट ५ दिन म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  ११ : ५७ बजे