अनेरास्ववियुका तीन नेता निष्कासित

काठमाडौं । अनेरास्ववियुले संगठनका निवर्तमान सचिवहरु सुदेश पराजुली, वसिम आलम र आरती लामालाई संगठनको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ । दुई पटकसम्म स्पष्टीकरण माग्दा पनि अटेर गरेपछि कारवाही गरिएको अनेरास्ववियुका अध्यक्ष ऐन महरले जनाएका छन् । महरले मंगलवार विज्ञप्ति जारी गरि तीन जनालाई निष्कासन गरिएको प्रष्ट पारेका छन् ।

 

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  ११ : २१ बजे