राष्ट्रपति भवनमा घटस्थापना

सरकारले बढायो कैदीबन्दीको सुविधा 

काठमाडौँ । सरकारले देशभरका कारागारमा रहेका कैदीबन्दीको सुविधा बढाएको छ ।कारागार नियमावली-२०२० संशोधन गरेर सरकारले कैदीबन्दीको सुविधा बढाएको हो । कैदीबन्दीले दैनिक ६० रुपैयाँ भत्ता पाउँदै आएकामा संशोधित नियमावली अनुसार ८० रुपैयाँ पाउने छन् ।

त्यस्तै ७ महिनादेखि नाबालक उमेर समूहकालाई दैनिक ३५ रुपैयाँ दिइँदै आएकोमा त्यसलाई बढाएर ५० रुपैयाँ पुर्‍याइएको छ । कारागारमा रहेका महिला सुत्केरी भएमा एक पटकका लागि १ हजार रुपैयाँ सुत्केरी भत्ता दिइँदै आएकोमा त्यसलाई बढाएर २ हजार पुर्‍याइएको छ । त्यस्तै मौसमअनुकुल हुने गरी कैदीबन्दीलाई चिसोमा ज्याकेट उपलव्ध गराइने निर्णय भएको छ । वर्षमा दुई पटक लत्ता कपडा दिइए पनि मौसम धान्ने खालको नहुँदा कैदीबन्दीले असन्तुष्टि जनाउँदै आएका थिए ।

हरेक २ वर्षमा ३/३ केजीका सिरकरडस्ना वा त्यसले धान्ने मूल्य बराबरका बिछ्यौना दिइँदै आएकोमा त्यसलाई बढाएर ५/५ केजीका कपासबाट बनेका सिरकरडस्ना दिइने व्यवस्था गरिएको छ । तन्ना भने हरेक वर्ष उपलब्ध गराइने छ ।

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  ४ : ४२ बजे