प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले उकालो

काठमाडौं । प्रि-ओपन सेसनमा मंगलबार नेप्से सूचक १.९२ अंकले उकालोे लागेको छ । यससँगै सूचक २०६६.०१ विन्दुमा आएको छ ।

१७ कम्पनीको कुल २ हजार ७५९ कित्ता सेयर खरिदबिक्री भएको र १९ लाख ६८ हजार ३९५ रुपैयाँको सेयर कारोबार भएको छ । 

यो सेसनमा कुल १३ कम्पनीमा उकलो लागेको छ भने ३ को मूल्य घटेको र एक कम्पनी स्थिर रहेको छ । 

यता, १३ उपसूचकहरू मध्ये ६ कम्पनीमा वृद्धि भएको छ । २ कम्पनीमा ओरालो लागेको र बाँकी कुनै पनि कम्पनीमा परिवर्तन भएको छैन ।

प्रकाशित मिति : १९ पुस २०७९, मंगलबार  ११ : २५ बजे