नयाँ सत्ता गठबन्धन : माधव नेपालका बन्धन र बजारका गन्थन

माधव नेपाल उनका राजनीतिक गतिविधिहरूका कारणले दण्डित हुनुपर्ने पात्र हुन् । तर राजनीतिक बजारमा उनी पुरस्कृत हुँदैछन् भन्ने हल्लाहरू चलेका छन् । एकीकृत समाजवादी एमालेमा समाहित हुँदैछ र माधव नेपाललाई  राष्ट्रपति बनाउने हल्ला चलेको छ । दण्डित हुनुपर्ने मान्छेलाई पुरस्कृत गरेर राष्ट्रपति बनाउने कुरा प्राकृतिक छैन र ती प्रस्तावलाई स्वीकार गरिनु पनि हुन्न । यसर्थ हल्लाको पछाडि लागेर नेकपा एमालेका नेता तथा कार्यकर्ताहरू तरङ्गित हुने र टिप्पणी गर्ने ठाउँमा पुग्नु आवश्यक छैन । नयाँ सत्ता गठबन्धन बनेपछि अदृश्य शक्तिको बन्धनमा परेका माधव नेपालका बारेमा भइरहेको गन्थनले परिणाम के आउन सक्छ, अनुमान गर्न कठिन छ ।

नेकपा कालमा नेपालको वामपन्थी आन्दोलन कमजोर बनाउन चाहने शक्तिको चाहानालाई सफल बनाउन तिनका लगानीमा तत्कालीन प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीका विरुद्ध प्रचण्डको नेतृत्वमा आरोप लगाउनेदेखि कारबाही गर्ने अनि प्रधानमन्त्रीबाट हटाउने सम्मका काममा माधव नेपालले मुख्य नेतृत्व गरेका थिए । आज पनि माधव नेपाल त्यो लगानीको बन्धन तोड्न सक्ने अवस्थामा छैनन् । 

त्रिशङ्कु संसद्मा नेकपा एमालेको नेतृत्वमा बनेको नयाँ सत्ता समीकरणलाई देश र जनताको पक्षमा अधिकतम उपयोग गर्ने क्षमता केपी ओलीले देखाउनुपर्नेछ । अन्यथा नेपालको राजनीति अस्वाभाविक सङ्क्रमणमा परेर बाह्य चलखेल बढ्ने छ ।

त्यसैले त उनी पुस १० गते अन्तिम समयसम्म नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वको गठबन्धन जोगाउन र देउवालाई नै प्रधानमन्त्री बनाउन प्रयासरत थिए । तर प्रचण्डले कम्फर्टेबल गठबन्धन छोडेर नेकपा एमालेको नेतृत्वमा नयाँ सत्ता गठबन्धन बनाउने निष्कर्षमा पुग्नुलाई माधव नेपालले दुर्भाग्य र प्रचण्डले गठबन्धन तोड्नु हुँदैनथ्यो भन्दैछन् । यतिखेर बिना ढेउवाका माधव नेपाल बिना देउवाको पनि बनेपछि भित्रभित्रै प्रचण्डको साहारा खोज्दैछन् र त्यहीअनुसार संवाद बढाइरहेका छन् ।

यतिखेर एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताहरूका सामु अब कुन बाटो रोज्ने भन्ने प्रश्न प्रधान बनेको छ । त्यसैले एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताहरूले आफ्नो राजनीतिक भविष्य जोगाउने हो भने माधव नेपाल  र झलनाथ खनालहरूलाई छोडेर मूल घर एमालेमा नै फर्कनुपर्छ । कम्न्युनिष्ट कमजोर र काँग्रेस बलियो बनाउने राजनीतिमा रमाउने र दण्डित हुनुपर्ने पात्रहरूको पछि लागेर आफ्नो राजनीतिक भविष्य बलियो बनाउन र गन्तव्यमा पुग्न सकिदैन् भन्ने चेत एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताहरूमा आउनुपर्छ । त्यसैले जनताको बहुदलीय जनवादबाट प्रशिक्षित नेता तथा कार्यकर्ताहरू कम्न्युनिष्ट आन्दोलन बलियो बनाउन र राष्ट्रको स्वार्थका लागि एक ठाउँमा उभिनुबाहेक अर्को विकल्प देखिदैन् ।

अझै पनि केपी ओली प्रचण्डलाई प्रधानमन्त्री बनाउन सघाउने ठाउँमा कसरी पुग्नुभयो भन्ने प्रश्न गरेर उत्तर खोजिरहेका छन् । प्रचण्डलाई बालकोट पुर्‍याउन प्रधानमन्त्री पदप्रतिको आशक्तिले मात्रै काम गर्‍यो कि अन्य कुनै कारण छ, भनेर गन्थन पनि गरिरहेका छन् ।

जनताको बहुदलीय जनवादलाई मान्नेहरूले सैद्धान्तिक राजनीतिलाई प्राथमिकतामा राखेर अगाडिको यात्रा तय गर्नुपर्ने राजनीतिक तथा वस्तुगत परिस्थिति बनेको छ । फेरि ‘जति धेरै दल उति धेरै अस्थिरता’ भन्ने यथार्थलाई नबुझेर हिजो जनताले त्रिशङ्कु संसद् बन्ने गरी जनादेश दिए । हामी जनताले पनि बलियो राजनीतिक शक्तिबिना राष्ट्रिय स्वार्थ बलियो बनाउन सकिन्न भन्ने कुरा बुझ्नुपर्ने नयाँ परिस्थिति बनेको छ । अब यो जनादेशलाई अर्को निर्वाचनबाट मात्रै सच्याउन सक्छौँ । यसर्थ त्रिशङ्कु संसद्मा नेकपा एमालेको नेतृत्वमा बनेको नयाँ सत्ता समीकरणलाई देश र जनताको पक्षमा अधिकतम उपयोग गर्ने क्षमता केपी ओलीले देखाउनुपर्नेछ । अन्यथा नेपालको राजनीति अस्वाभाविक सङ्क्रमणमा परेर बाह्य चलखेल बढ्ने छ ।

जेफ मक्केअनले भनेका छन्, “तपाईँले अर्को नेता नबनाएसम्म नेता बन्नुहुन्न । नेता मात्र नेता हो जसले अर्को नेता उत्पादन गर्न सक्छ ।” यतिखेर केपी ओलीले जेफको भनाइको सारलाई बुझेर पार्टीभित्र आफ्नो विकल्पमा र सरकारमा प्रचण्डको विकल्पमा नयाँ र सक्षम नेता तयार गर्नुपर्छ । हिजो एमाले छोडेर एमालेविरुद्ध लागेका नेता तथा कार्यकर्ताहरूलाई एमालेमा फर्काउने राजनीतिक वातावरण पनि बनाउनुपर्नेछ । नेकपा एमालेलाई बलियो राजनीतिक शक्तिका रूपमा विकास गर्न सङ्घको सरकारदेखि स्थानीय सरकारबाट जनताको अपेक्षा सम्बोधन गर्ने गरी नीति तथा कार्यक्रम बनाएर त्यसको प्रभावकारी कार्यान्वयन गर्ने संयन्त्रको मुख्य नेता केपी ओली बन्नुपर्छ ।

कम्न्युनिष्ट कमजोर र काँग्रेस बलियो बनाउने राजनीतिमा रमाउने र दण्डित हुनुपर्ने पात्रहरूको पछि लागेर आफ्नो राजनीतिक भविष्य बलियो बनाउन र गन्तव्यमा पुग्न सकिदैन् भन्ने चेत एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताहरूमा आउनुपर्छ ।

​​​​​​​नयाँ सत्ता समीकरण बनेपछि राजनीतिक वृत्तमा वामपन्थीहरू एक हुँदैछन् र नेकपा एकीकृत समाजवादीले के गर्ला भन्ने प्रश्नमा केन्द्रित भएर छलफल भइरहेको छ । त्यसले सञ्चार माध्यमहरूमा यो प्रश्नले प्राथमिकता पाएको छ । अझै पनि केपी ओली प्रचण्डलाई प्रधानमन्त्री बनाउन सघाउने ठाउँमा कसरी पुग्नुभयो भन्ने प्रश्न गरेर उत्तर खोजिरहेका छन् । प्रचण्डलाई बालकोट पुर्‍याउन प्रधानमन्त्री पदप्रतिको आशक्तिले मात्रै काम गर्‍यो कि अन्य कुनै कारण छ, भनेर गन्थन पनि गरिरहेका छन् । एक थरी मान्छेहरू उत्तरी छिमेकीको प्रभाव बढ्यो भन्दैछन् । भारतीय मिडियाहरूमा पनि त्यस्तै खालका चर्चाहरू चलाइएका छन् । त्यही चर्चामा रमाएर केही मान्छेहरू आफ्नो बौद्धिकता छाँटिरहेका पनि छन् । यसको उद्देश्य यो गठबन्धन भत्काउने र फेरि पनि नेपाली काँग्रेसको नेतृत्वमा नै कम्फर्टेबल गठबन्धन बनाउने हो । यसका लागि माधव नेपालहरू अझै पनि क्रियाशील भइरहेका छन् ।

माधव नेपाल भन्दैथे, केपी ओलीजी म त किनारामा बसेर हेर्ने हो भन्दै थिए, अन्तमा बिताइ दिए । एमालेका नेताहरूले मरेकाटे प्रचण्डलाई मान्दैनौँ भनेर शेरबहादुर देउवालाई बालुवाटारमा कुराए, प्रचण्डले मलाई पनि केही नभनी एक्लै छोडेर बालकोट गए र नयाँ सत्ता समीकरण बनाए । यसबाट मैले अपमानित महसुस गरेको छु । यो भनाइबाट माधव नेपाल कुनै पनि मूल्यमा कम्फर्टेबल गठबन्धन जोगाउनुपर्थ्यो भन्ने मान्यतामा थिए र छन् भन्ने निष्कर्षमा पुग्न सकिन्छ ।

रञ्जित तामाङले माधव नेपाल र नेकपा एकीकृत समाजवादीका बारेमा सामाजिक सञ्जालमा लेखेका छन्, “गएको स्थानीय निर्वाचनमा नेकपा एकीकृत समाजवादीकै कारण ७ सयभन्दा धेरै वडा र कम्तीमा १ सय पालिकामा प्रमुख एमालेले हारेको छ । भर्खरको सङ्घ र प्रदेशको चुनावमा के भयो, थाहै छ । नेकपा एकीकृत समाजवादी एमालेमा पस्छ भने निःर्शत पस्न देऊ । सर्त खोजेको हो भने पूर्व युवराज पारस शाहले भने जस्तै बुलसीट्, बुलसीट्, बुलसीट‘!” यसको मतलब राष्ट्रपति चाहने माधव नेपालको चाहनालाई पूरा गर्नु हुँदैन भन्ने नै हो । कुण्ठा र अवसरवादलाई बलियो हुन दिनु हुँदैन भन्ने नै हो । त्यसैले नेकपा एमालेको मूल नेतृत्वले कार्यकर्ता तथा शुभचिन्तकहरूको मनोविज्ञानलाई पनि बुझेर अगाडिको निर्णय लिनुपर्ने राजनीतिक तथा सामाजिक परिस्थिति बनेको छ ।

मूल नेतृत्वलाई सजग बनाउने दृष्टिकोणबाट एमाले नेता तथा सांसद गोकुल बाँसकोटाले सामाजिक सञ्जालमा लेखेका छन्, “एमाले समाप्त पार्न न्वारनदेखिको बल लाउनेका विरुद्ध कार्यकर्ता र जनताको कठिन र दृढ एकता, सङ्घर्ष, रगत पसिना र आँसुले एमाले रूपी पिपल वृक्षमा फेरि पालुवा पलाएपछि निजी लाभका लागि मात्र खुट्टा उचाल्नेहरूदेखि पार्टी नेतृत्व सजग नै होला । भुइककं मान्छे र कार्यकर्ताले त अपवाद बाहेक के पो बिराउककंछन र ?”

आजको राजनीतिक परिस्थिति र नेता तथा कार्यकर्ताहरूको मनस्थिति बुझेर केपी ओलीले पनि अगाडिको निर्णय लिनुपर्छ । माधव नेपालको पार्टीसँग संवाद गर्दा होसियार पनि हुनुपर्छ । यतिखेर माधव नेपालका लागि आफ्नो बचेखुचेको साख र पार्टीको अस्तित्व जोगाउनु ज्यादै मुस्किल हुँदै गएको छ । त्यसैले माधव नेपाल स्वयं पनि आफ्नो साख र पार्टीको अस्तित्व जोगाउने बाहाना खोज्दैछन् ।

प्रचण्डले कम्फर्टेबल गठबन्धन छोडेर नेकपा एमालेको नेतृत्वमा नयाँ सत्ता गठबन्धन बनाउने निष्कर्षमा पुग्नुलाई माधव नेपालले दुर्भाग्य र प्रचण्डले गठबन्धन तोड्नु हुँदैनथ्यो भन्दैछन् । यतिखेर बिना ढेउवाका माधव नेपाल बिना देउवाको पनि बनेपछि भित्रभित्रै प्रचण्डको साहारा खोज्दैछन् र त्यहीअनुसार संवाद बढाइरहेका छन् ।

प्रधानमन्त्री प्रचण्ड पनि आफ्नो उपस्थिति र राजनीति अलि बलियो बनाउन मन्त्रिमण्डलमा माधव नेपालको पार्टीको संलग्नता खोजेका छन् । प्रचण्डले विश्वासको मत लिने बेलासम्म माधव नेपालले आफ्नो राजनीतिक बाटो तय गर्नुपर्ने भएको छ । अन्यथा भोलिका दिनमा सिपी मैनालीको हालतमा माधव नेपाल पुग्नेछन् । राजनीतिक जीवनको उत्तरार्धमा यो खालको जोखिम मोल्न माधव नेपालले सक्नेवाला छैनन् किनभने हिजोजस्तो आज उनलाई साथ दिने न देउवा उनको साथमा छन् न त प्रचण्ड नै त्यो ढङ्गले माधवका पक्षमा सक्रिय बन्ने राजनीतिक अवस्था छ । 

त्यसैले यतिखेर माधव नेपालका बन्धन र बजारका गन्थन कमजोर बनेका छन् । माधव नेपालका पक्षमा नेकपा एकीकृत समाजवादी पार्टीका अधिकांश नेता तथा कार्यकर्ताहरू उभिन सक्ने अवस्था पनि छैन । तर पनि उनीहरू माधव नेपाललाई राष्ट्रपति बनाउने कुरा गरेर आफू एमालेमा फर्कन चाहेको सङ्केत दिइरहेका छन् । 

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  ९ : ०९ बजे