दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

नाबालिगलाई जबर्जस्तीकरणी गरेको आरोपमा वडा अध्यक्ष श्रेष्ठ पक्राउ

बारा ।  जबरजस्तीकरणी  गरेको आरोपमा निजगढ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजु श्रेष्ठ (राजन)लाई प्रहरीले  पक्राउ गरेको छ । 

वडा नम्बर २ कि एक नाबालिगलाई जबर्जस्तीकरणी गरेको आरोपमा वडा अध्यक्ष श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

वडा अध्यक्ष श्रेष्ठले एक नाबालिगलाई घरमा बोलाएर जबर्जस्तीकरणी गरेको को आरोपमा गत २०७९ आश्विन २५ गते मङ्गलवार इलाका प्रहरी कार्यालय, निजगढमा उजुरी परेको थियो । जाहेरी दर्ता भएसँगै वडा अध्यक्ष श्रेष्ठ फरार हुनुहुन्थ्यो ।

वडा अध्यक्षलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ । आइतबार राति करिब ८ः३० बजे उहाँ आफै इलाका प्रहरी कार्यालय निजगढमा गएर आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ।

श्रेष्ठले १५ वर्षकी नाबालिकालाई जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । दसैँको टिकाका दिन असोज १९ गते अध्यक्ष श्रेष्ठले आफ्नै घरमा  जबर्जस्तीकरणी गरेको जाहेरी किशोरीले दिएकी थिइन ।

श्रेष्ठ गत वैशाखमा भएको स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेसबाट वडा अध्यक्षमा विजयी हुनुभएको थियो।

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  ७ : ४४ बजे