सरकारमा सहभागिताबारे निर्णय गर्न जसपा राजनीतिक समितिको बैठक बस्दै

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)नेपालको राजनीतिक समितिको बैठक बस्दै छ । 

बैठक ललितपुरको भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा  आज  बिहान ११ः०० बजे सुरु भएर मङ्गलवारसम्म चल्ने बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रम र सरकारमा सहभागिताबारे निर्णय गर्ने भएको छ । 

जसपाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको सरकारलाई समर्थन गरे पनि सरकारमा जाने वा नजाने विषयमा कुनै निर्णय गरिसकेको छैन ।

कार्यकारिणी समितिको बैठकले यो विषय टुङ्गो लगाउने जिम्मा राजनीतिक समितिलाई दिएको थियो । त्यसबाहेक चुनावको समीक्षा, विधान अधिवेशन र दलहरूसँग एकताका लागि वार्ता समिति गठन लगायतका एजेन्डा पनि छन् ।

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  ७ : ३४ बजे