डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

सहभागी हुने नहुने बारे छलफल गर्न एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बस्दै    

काठमाडौँ  । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को पोलिटब्युरो बैठक आज बिहान ११ः०० बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भएको छ ।     

एकीकृत समाजवादी पार्टी अब कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गर्न आइतबार स्थायी कमिटी बैठक बसेको भए पनि कुनै निर्णय नभएको र यही विषयलाई पोलिटब्युरो बैठकमा लैजान लागिएको एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख तथा प्रवक्ता जगन्नाथ खतिवडाले बताउनुभयो ।     

अन्य दलहरूसँगको सहकार्य तथा सरकारमा सहभागी हुने नहुने बारे पोलिटब्युरो बैठकमा छलफल गरिने उहाँले बताउनुभयो । 

एमालेसहित सात दलको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्नुभए पनि  एकीकृत समाजवादीको आगामी रणनीति स्पष्ट भइसकेको छैन ।

 

 

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  ७ : २४ बजे