‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

शुभप्रभात काव्य गोष्ठीमा जनजीवनका पीडा

​​​​​​​काठमाडौँ । नागार्जुन साहित्यिक प्रतिष्ठानको शुभप्रभात काव्य गोष्ठीका अवसरमा शनिवार समसामयिक विषय र जनजीवनका दुःख पीडा कवितामा व्यक्त गरिएको छ ।

मुलुकमा गणतान्त्रिक परिवर्तन भए पनि राजनीतिक अस्थिरता र विकृति विसङ्गतिका कारण जनताले सोचे जस्तो प्रतिफल प्राप्त हुन नसकेको तर्फ स्रष्टाले सिर्जनाका माध्यमबाट चिन्ता जाहेर गर्नुभएको छ । 

कार्यक्रममा समालोचक उपप्राध्यापक डा.गीता त्रिपाठीले विद्यमान बजारिया र ह्रासोन्मुख परिवेशको आकर्षण बढिरहेको समयमा स्रष्टाले सत्तालाई सही बाटोमा ल्याउन रचनात्मक दबाब दिन सक्ने टिप्पणी गर्नुभयो । उहाँले बाचित कवितामा सीमान्तकृत समुदायका आवाजले स्थान पाएको बताउनुभयो । 

कार्यक्रममा दिल पौडेल, प्रकाश सिलवाल, माधव घिमिरे ‘अटल’, सुशीला शर्मालगायतले कविता वाचन गर्नुभएको थियो । 

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  ८ : ४४ बजे