‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

रामलाल जोशीको कृति ‘बाआमा’माथि विमर्श 

विराटनगर । मदन पुरस्कार विजेता रामलाल जोशीको नविनत कृति बाआमा माथि शुक्रवार विराटनगरमा विमर्श गरिएको छ ।

पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले आयोजना गरेको कार्यक्रममा बाआमा कृतिमाथि विमर्श गरिएको हो । 

विराटनगर–११ पिचरास्थित ज्येष्ठ नागरिक सामुदायिक भवनमा आयोजित कार्यक्रममा समालोचक भूषण ढुङ्गेलले समीक्षा गर्नुभएको थियो । कृति नेपाली साहित्यको उत्कृष्ट कृति भएको उहाँले दाबी गर्नुभयो । 

हरेक बाआमा र छोराछोरी पढ्ने पर्ने कृति भएको समेत समालोचक ढुङ्गेलले चर्चा गर्नुभयो । 

त्यस्तै साहित्यकार सीमा आभास, लक्ष्मी पोखरेल, पूजा आराधना र रमेश सायनले पाठकीय दृष्टिकोण राख्नुभएको थियो । 

लेखकीय मन्तव्य व्यक्त गर्दै कृतिकार जोशीले मदन पुरस्कार प्राप्त गर्ने ऐनादेखि बाआमा कृतिसम्म आइपुग्दा पाठकबाट पाएको मायाले आफू उत्साहित भएको बताउनुभयो । 

उहाँले सानैमा पिता गुमाएका कारण आफ्नो बाल्यकाल दुखद र संघर्षमा बितेको स्मरण सुनाउनुभयो । 

उहाँले यसअघिका ऐना र सखी कृति नपढे पनि बाआमालाई एक पटक पढिदिन आग्रहसमेत गर्नुभयो । 

सो अवसरमा प्रमुख अतिथिसमेत रहनु भएका वरिष्ठ साहित्यकार दधिराज सुवेदी, वडा नम्बर ११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपाने, आयोजक संस्थाका अध्यक्ष प्राज्ञ विवश पोखरेल, सचिव मीनकुमार नवोदित, कवि एवं पत्रकार शिवराज योगी, कवि इन्द्रप्रसाद खतिवडालगायतले कृति र कृतिकारका विषयमा मन्तव्य व्यक्त गर्नु भएको थियो । 

सो अवसरमा आयोजकका तर्फबाट जोशीलाई दोसल्ला ओढाएर सम्मानसमेत गरिएको थियो । 

 

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  ८ : ३६ बजे