‘एउटै नाउरको सिकार गर्न २३ लाख’

इन्द्रावतीमा आँखा उपचार केन्द्र सञ्चालन

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ । इन्द्रावती गाउँपालिकाको नवलपुर स्थित नवलपुर प्राथमिक अस्पतालमा आज एक कार्यक्रमका बिच गाउँपालिकाका अध्यक्ष झम्क नेपालले आँखा उपचार केन्द्रको उद्घाटन गर्नुभयो ।  इन्द्रावती गाउँपालिका र तिलगंगा आँखा प्रतिष्ठानको समन्वयमा नवलपुरमा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष झम्क नेपालले जानकारी दिनुभयो । 

गाउँ ठाउँकै अस्पतालमा आँखा उपचार केन्द्र सञ्चालनमा आएसँगै स्थानीय खुसी भएका छन् । आँखा उपचार केन्द्र सञ्चालनमा आएसँगै इन्द्रावती गाउँपालिकाका सर्वसाधारणलाई आँखाको सामान्य जाँच तथा उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेको नेपालले बताउनुभयो । अस्पताल सञ्चालनमा आएसँगै स्थानियको आर्थिक भार समेत कम हुने भएको छ  । आवश्यकता र स्रोतले भ्याएसम्म स्वास्थ्य सेवालाई सहज बनाउने नेपालले प्रतिबद्धता व्यक्त गर्नुभयो ।पहिला चौतारा, मेलम्ची तथा काठामाडौ जान बाध्यता रहेको अब सहज हुने नेपाल रेडक्रस सोसाईटीका जिल्ला सभापति राजेन्द्रमान ताल्चाभडेँलले बताउनुभयो ।  

भू–वर्गिकरण सम्बन्धी प्रबोधिकरण तथा कर्मचारी क्षमता विकास तालिम सम्पन्न
भू–वर्गिकरण सम्बन्धी प्रबोधिकरण तथा कर्मचारी क्षमता विकास कार्यक्रम इन्द्रावती गाउँपालिकामा सञ्चालन भएको छ । नापि कार्यालय सिन्धुपाल्चोकका प्रमुख इन्जिनियर सुमन विक्रम पन्तले पालिकाकाका जनप्रतिनिधि तथा कर्मचारीहरुको लागि भू वर्गिकरण र प्रवोधिकरण सम्बन्धी एक दिने तालिम प्रदान गर्नुभएको हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष झम्क नेपाल,उपाध्यक्ष शोभाना तामाङ, प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद शर्मा लगायत अन्य जनप्रतिनिधि र कर्मचारीको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ५ : २२ बजे