दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने थापा पक्राउ

काठमाडौं। अमेरिकासहितका देशमा वैदेशिक रोजगारीका लागि पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा काठमाडौं बुढानिलकण्ठका ४४ वर्षीय राजु थापा पक्राउ परेका छन् । 

अष्ट्रेलिया, अमेरिका, क्यानडा तथा हङकङ लगायतका देशहरूमा पठाइदिन्छु भन्दै प्रतिव्यक्ति २५ लाख रुपैयाँ लिएर उनले एक करोड ६२ लाख ६ हजार रुपैयाँ ठगी गरेको प्रहरीको भनाइ छ । 

मासिक तीन लाख तलबसहित ग्रिनकार्ड, पीआर र हङकङ आईडीसमेत बनाइदिने भनी विश्वास दिलाई प्रलोभनमा पारेर थापाले ठगी गरेको प्रहरीको दाबी छ । 

थापालाई बुधबार पक्राउ गरेर जिल्ला प्रहरी परिसर टेकु काठमाडौँ पठाइएको छ ।

प्रकाशित मिति : १४ पुस २०७९, बिहिबार  ५ : ०६ बजे