दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

डीएसपी ठगबहादुर केसी निलम्बित

काठमाडौं । इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसी निलम्बित भएका छन्।  ३५ तोला सुनसहित पक्राउ परेका डीएसपी केसीलाई गृहमन्त्रालयले निलम्बन गरेको हो।

नेपाल प्रहरीका प्रवक्ता टेकप्रसाद राईले गृहमन्त्रालयमा बसेको सचिवस्तरीय बैठकले केसीलाई निलम्बन गर्ने निर्णय गरेको  जानकारी दिनुभयो।

मुद्दाको अन्तिम किनारा नलागेसम्मका लागि उहाँलाई जिम्मेवारीबाट हटाइएको उहाँले जानकारी दिनुभयो ।

बुटवलका एक व्यापारीसँग सुन नियन्त्रणमा लिएर आफै राखेको आरोप लागेपछि डीएसपी केसी पक्राउ परेका थिए।

सरुवा भई पोखरा जाने तयारी गरिरहेका बेला अनुसन्धान टोलीले उनलाई सुन र नगदसहित आइतबार साँझ नियन्त्रणमा लिएको हो। 

उनको साथबाट २५ लाख नगद र ३५ तोला सुन बरामद भएको थियो।
 

प्रकाशित मिति : १४ पुस २०७९, बिहिबार  ४ : २६ बजे