दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

सट्टाबाजी खेलाएकाे आराेपमा ४ जना पक्राउ

काठमाडौं । कीर्तिपुर नगरपालिका-१० स्थित क्रिकेट खेल मैदानमा एनपीएल टि २० पुरुष राष्ट्रिय क्रिकेट खेलमा अनलाइन भाेटिङमार्फत सट्टाबाजी खेलाउने कार्यमा संलग्न रहेको आराेपमा चारजना पक्राउ परेका छन् । 

काठमाडौं महानगरपालिका-२७ असन बस्ने ४२ वर्षीय रविन तुलाधरसहित चारजनालाई पक्राउ गरेकाे प्रहरीले जनाएकाे छ ।  पुरुष राष्ट्रिय क्रिकेट खेलअन्तर्गत विराटनगर सुपर किंग र पोखरा एभेन्जर्स वीच भएको खेलमा मोबाइल फोनको प्रयोग गरी हार-जितको लागि अनलाइन भाेटिङ भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति : १४ पुस २०७९, बिहिबार  १२ : ३५ बजे