मनसुन क्रमशः क्षीण हुँदै

डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

सत्ता साझेदार दलहरूको बैठक बालुवाटारमा सुरु

काठमाडौँ । सत्ता साझेदार दलहरूको बैठक बालुवाटारमा सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा अहिले भर्खरै सुरु भएको बैठकमा आगामी सहयात्रा, मन्त्रिमण्डल बिस्तार, प्रदेश सरकार गठन र सत्ता साझेदारीमा अन्य दललाई समेत सहभागी गराउने विषयमा छलफल हुने जनाइएको छ।

बैठक नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं उपप्रधानमन्त्री रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलगायत सहभागी हुनुहुन्छ । 

यसअघि, बुधवार प्रचण्ड निवास खुमलटारमा एमाले अध्यक्ष ओली र प्रधानमन्त्री दाहालबीच भेटवार्ता भएको थियो। दुई नेताबीचको भेटमा जनतालाई सेवा प्रवाह र सुशासनका सन्दर्भमा गरेका निर्णयलाई कार्यान्वयन गर्ने विषयमा छलफल भएको थियो ।

आजको बैठकमा उपराष्ट्रपति, उपसभामुख, प्रदेश प्रमुखहरू, मुख्यमन्त्रीहरू, मन्त्रालयहरू कुन दलले के लिने र कति लिने भन्नेबारे छलफल गरेर भागबन्डा गर्ने तयारी छ। 

राष्ट्रपति र सभामुख भने नेकपा एमाले लिने यसअघि नै सहमति भइसकेको छ ।

 

प्रकाशित मिति : १४ पुस २०७९, बिहिबार  १० : ०१ बजे