मनसुन क्रमशः क्षीण हुँदै

डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

कर्णाली प्रदेशसभाको प्रथम अधिवेशन पुस १८ गतेका लागि आह्वान

कर्णाली । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको प्रथम अधिवेशन आह्वान गरिएको छ । 

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा बुधवार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा कर्णाली प्रदेश प्रमुख तिलक परियारले प्रथम अधिवेशन आह्वान गर्नुभएको हो ।  

बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम यही पुस १८ गते सोमबार दिउँसो १ः०० बजे बस्ने गरी अधिवेशन आह्वान गर्नुभएको छ ।

प्रदेशसभाको दोस्रो कार्यकालको प्रथम अधिवेशनमा कार्यवाहक सभामुखका रूपमा कर्णाली प्रदेशसभाका ज्येष्ठ सदस्य विनोदकुमार शाहले भूमिका निर्वाह गर्नुहुनेछ । 

सभामुख र उपसभामुख निर्वाचित भएर नआउन्जेलसम्म ज्येष्ठ शाह सभामुखको भूमिकामा रहने जनाइएको छ ।   

प्रकाशित मिति : १४ पुस २०७९, बिहिबार  ७ : ३५ बजे